• Thursday 8th of October 2026

बलिउड अभिनेत्री अंकिता लोखंडे अस्पतालको बेडमा पनि श्रीमान्‌सँगै


  • धनकुटा खबर
  • .

काठमाडौँ : बलिउड अभिनेत्री अंकिता लोखंडेको हातमा चोट लागेको छ। हातमा चोट लागेसँगै उनी अस्पताल भर्ना भएकी थिइन्।

आफूलाई चोट लागेको जानकारी गराउँदै अंकिताले इन्स्टाग्राममा अस्पतालका केही तस्बिर सेयर गरेकी छन्। तस्बिरमा श्रीमान् विक्की जैन पनि देखिएका छन्। ‘बिरामी र स्वस्थ हुँदा सँगसँगै’, उनले तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छन्।

हालै अंकिताले करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर ३’ को अफर अस्वीकार गरेको खबर बाहिरिएको थियो। तर, उनले इन्स्टाग्राममा स्टोरी सेयर गर्दै यी सबै कुरा अफवाह मात्र भएको बताएकी थिइन्। पछिल्लो पटक उनी चलचित्र ‘स्वतन्त्रवीर सावरकर’मा देखिएकी थिइन्। यस फिल्ममा उनीसँगै रणदीप हुड्डा पनि देखिएका थिए।

साथै, अंकिता आगामी वेब सिरिज आम्रपालीमा देखिने भएकी छन्। उनी यस सिरिजमा आम्रपालीको भूमिकामा देखिनेछिन्। भारतीय रियालिटी शो ‘बिग बोस सिजन १७’ देखिसकेकी अंकिता भारतीय टेलिश्रृंखला ‘पवीत्र रिश्ता’ बाट चर्चामा आएकी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖