• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विश्वकप खेल्ने क्रिकेट टोलीको बिदाइमा सन्दीप


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइमा सन्दीप लामिछाने सहभागी भएका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ कार्यक्रम गरेको थियो ।

क्यानले बुधबार टी–२० विश्वकप खेल्न नेपाली टोलीको घोषणा गरेको थियो । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा परेका छैनन् ।

नेपाली टोलीमा कप्तानी रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहेका छन् । त्यस्तै, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।-सुबास श्रेष्ठ/रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖