• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चल्न नसकेका ओपनर भुर्तेल


  • धनकुटा खबर
  • .

काठमाडौँ। ओपनर कुशल भुर्तेल वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा चल्न सकेनन्। चार खेल खेलेका उनले ६.३३ को औसत र ७६ को स्ट्राइक रेटमा ३२ रन मात्रै बनाउन सके।

पहिलो खेलमा भुर्तेलले १६ रन बनाएका थिए। १२ बल खेलका उनले ३ चौका प्रहार गरे। दोस्रो खेलमा पनि भुर्तेल चल्न सकेनन्। ८ बल खेलेका उनले १ रन बनाएका थिए।

त्यसपछि तेस्रो खेलमा देसाईंले उनलाई आराम दिएका थिए। तर, उनको स्थानमा ओपनिङमा उत्रिएका अनुभवी ब्याटर विनोद भण्डारीले पनि राम्रो प्रदर्शन गर्न नसकेपछि देसाईंले भुर्तेललाई नै चौथो खेलमा पहिलो रोजाइमा उतारेका थिए।

तर, चौथो खेलमा पनि उनी सस्तैमा समेटिए। ५ बल खेलेका भुर्तेललाई फेबियन एलेनले १ रनमा बोल्ड गरे।
पाँचौँ तथा अन्तिम खेलमा पनि उनको निराशाजनक लय रह्यो। ९ बल खेलेका उनले ३ चौकासहित १३ रन बनाए। उनी ओबेद म्याक्वोइ बलमा हेडेन वाल्शबाट क्याच आउट भए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖