• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आसिफको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँगको पाँचौँ खेलमा नेपालका आसिफ शेखले ५० रन पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट आसिफले ३२ बलमा अर्धशतक बनाएका हुन् । उनले यसक्रममा दुई चौका र पाँच छक्का प्रहार गरे ।

जारी खेलको १३ ओभर सकिँदा नेपालले एक विकेट गुमाएर १०८ रन बनाएको छ । हाल क्रिजमा आसिफसँगै रहेका अनिल साहले ४० रन बनाएका छन् ।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो ।

शृंखलाका यसअघि चारमध्ये तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनिसकेको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । त्यसपछि वेस्ट इन्डिजले १०, ७६ र २८ रनको जित निकालेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖