• Monday 5th of October 2026

महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता


  • धनकुटा खबर
  • .

धनगढी । दार्चुलामा महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता भएका छन् । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको प्र्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) शिवबहादुर सिंहले महाकाली नगरपालिका–१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुुल महाकाली नदीमा बेपत्ता भएको जानकारी दिए । उनकाअनुसार बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टी पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ । सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो ।

एसएसबीले फर्काएपछि भुुलले महाकालीमा हाम फालेका थिए । डीएसपी सिंहले एसएसबीले नेपालतर्फ फर्काएको विषयमा औचापरिक रुपमा जानकारी प्राप्त नभएको बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖