• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

शीर्ष स्थानको आर्सनलको सहज जित


  • धनकुटा खबर
  • .

इंग्लिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलले सहज जित निकालेको छ।

शनिबार साँझ भएको खेलमा आर्सनलले वर्नमाउथलाई ३-० गोलले हरायो।
आर्सनलका लागि साकाले पहिलो हाफको अन्तिम मिनेटमा पहिलो गोल गरे।

ट्रोसार्डले ७० मिनेटमा अग्रता दोब्बर पारे। दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा राइसले आर्सनलका लागि तेस्रो गोल गरे।

जितसँगै आर्सनलको शीर्ष स्थानमा ३६ खेलबाट ८३ अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले दुई खेल कम खेल्दै ७९ अंक जोडेको छ। आज राति सिटीले वुल्भ्ससँग खेल्दैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖