• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मुम्बईको टस फेरि विवादमा


  • धनकुटा खबर
  • .

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स फेरि एकपटक टसलाई लिएर विवाद भएको छ । कोलकाता नाइट राइडर्सविरुद्ध शुक्रबार भएको खेलमा टसको दौरान क्यामरामा सिक्कालाई नदेखाएको भन्दै फ्यानहरूले सामाजिक सञ्जालमा प्रश्न उठाएका हुन् ।

वानखेडेमा भएको खेलमा मुम्बईका कप्तान हार्दिक पाण्ड्याले सिक्का उछालेका थिए । त्यसपछि कोलकाताका कप्तान श्रेयर ऐयरले ‘हेड्स’ भनेर कल गरे । म्याच रेफ्रीले ‘टेल’ आएको जवाफ दिए । अर्थात् हार्दिकले टस जिते ।

यद्यपि, क्यामेरा सिक्कासम्म पुग्न अघि नै रेफ्रीले सिक्का उठाएर फैसला सुनाएका थिए । आईपीएलले एक भिडियो ट्वीट गरेको छ, जसमा फ्यानहरूले प्रश्न उठाइरहेका छन् । यसअघि, मुम्बई र बैंगलुरुबिचको खेलमा पनि टसलाई लिएर प्रश्न उठेको थियो । उक्त खेलमा मुम्बईका कप्तान हार्दिकले अलि टाढा सिक्का उछालेका थिए । जसमा म्यान रेफ्री जवागल श्रीनाथले मात्र उक्त सिक्का हेरेर मुम्बईलाई टस जितेको घोषणा गरेका थिए ।

पछि हैदराबादसँगको खेलमा टसका दौरान बैंगलुरुका कप्तान फाफ डुप्लेसिसले कप्तान प्याट कमिन्ससँग उक्त घटनाबारे चर्चा गरेको देखिएको थियो । शुक्रबारको खेलमा भने कोलकाताले मुम्बईलाई २४ रनले हराएको थियो । कोलाकाताले वानखेडे मैदानमा १२ वर्षपछि मुम्बाईमाथि जित हासिल गर्न सफल भयो । –दैनिक भास्कर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖