• Sunday 4th of October 2026

मादक पदार्थ सेवन गरेर गएको प्रमाणित भयो कि शिक्षकको जागिर गयो


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ भदौ । लामो समयको प्रतिक्षापछि संघीय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । दर्ता भएको उक्त शिक्षा विधेयकमा शिक्षकले विद्यालयमा मादक पदार्थ सेवन गरेर गएको प्रमाणित भएमा सेवाबाट हटाउन वा बर्खास्त गर्नसकिने व्यवस्था रहेको छ ।

साथै, शिक्षकले अध्यापन गर्ने जिम्मेवारी पूरा गर्न नसकेकमा, परीक्षामा प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने, परीक्षा सञ्चालनमा अमर्यादित काम गर्ने वा गराउने, उत्तरपुस्तिका परीक्षणमा लापरवाही गर्ने तथा नतिजा प्रकाशनमा अमर्यादित कार्य गरेमा, राजनीतिक दल वा दलसँग आवद्ध सङ्गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा, बिदा स्वीकृत नगराई लगातार नब्बे दिनसम्म कार्यरत विद्यालयमा अनुपस्थित रहेमा, बिदा स्वीकृत गराएकोमा बाहेक वैदेशिक अध्ययन, तालीम वा अध्ययन भ्रमणमा गएकोमा त्यस्तो अध्ययन, तालीम वा अध्ययन भ्रमण पूरा गरेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित विद्यालयमा हाजिर नभएमा, असाधारण वा अध्ययन बिदा भुक्तान भएको पन्ध्र दिनभित्र विद्यालयमा हाजिर हुन नआएमा तोकिएको अधिकारीको स्वीकृति नलिइ विद्यालय समयमा अन्यत्र अध्यापन वा काम गरमा वा अन्य कुन व्यावसायिक क्रियाकलाप गरमा, बहुविवाह गरेमा त्यस्तो शिक्षकलाई भविष्यमा शिक्षक सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने छ भने भ्रष्टाचार, जासुसी, जालसाजी, किर्ते, ठगी, लागू औषध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी, चोरी, आगजनी तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा, विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको वा सोको लागि आवेदन दिएको प्रमाणित भएमा, शिक्षक सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा त्यस्तो अवस्थामा शिक्षकलाई भविष्यमा विद्यालय शिक्षक सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिने व्यवस्था विधेयकमा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖