• Thursday 8th of October 2026

बलिउड अभिनेत्रीभन्दा बढी पारिश्रमिक लिन्छिन् तृषा


  • धनकुटा खबर
  • .

तृषा कृष्णन दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन्। उनले थुप्रै तमिल र तेलुगु फिल्ममा काम गरेकी छन्।

उनी आगामी फिल्म ‘ठग लाइफ’ मा देखिँदैछिन्। यस फिल्मको लागि उनले बलिउड अभिनेत्रीभन्दा बढी पारिश्रमिक लिएकी छन्।

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार यस फिल्मको लागि उनले १२ करोड भारू लिएकी छन्। यो पारिश्रमिक आलिया भट्टले ‘रकी और रानीकी प्रेमकहानी’ र कट्रीना कैफले ‘टाइगर ३’ मा लिएभन्दा बढी हो।
आलिया र कट्रीनाले यी फिल्मको लागि १० करोड भारू लिएका थिए।

मिस चेन्नईसमेत रहेकी तृषाले सन् १९९९ मा फिल्म ‘जोडी’ बाट अभिनयमा डेब्यू गरेकी थिइन्। उनको मुख्य अभिनेत्रीको रूपमा ‘मौनम पेरियाधे’ बाट डेब्यू गरेकी थिइन्।

उनले हिन्दी फिल्ममा समेत अभिनय गरेकी छन्। उनले सन् २०१० मा ‘खट्टा मिठा’ बाट अभिनयमा डेब्यू गरेकी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖