• Friday 23rd of October 2026

जसपा विभाजनपछि राजनीतिकवृत्तमा खैलाबैलाः प्रचण्डको दूत बनेर झलनाथ निवासमा वर्षमान


  • धनकुटा खबर
  • .

काठमाडौं,२४ वैशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डल्लु पुगेका छन् । उनी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेका हुन् ।

केहीबेर अघि मन्त्री पुन खनाल भेट्न डल्लु पुगेका हुन् । खनाल र पुनबिच अहिले वार्ता भइरहे पनि के विषयमा कुराकानी केन्द्रित छ भन्ने खुलेको छैन ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि अर्थमन्त्री पुन खनाल भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जसपा फुटेपछि नेकपा एस पनि फुट्न सक्ने धेरैले आंकलन गरेका छन् । शंका र आंकलनका बीच खनाल भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दूत बनेर पुन खनाल निवास पुगेका हुन् ।

वर्तमान सत्ता गठबन्धनबारे एकीकृत समाजवादीमा समान मत छैन् । सम्मानीत नेता खनाल यहि गठबन्धनको पक्षमा छन् भने पार्टी अध्यष माधवकुमार नेपाल गठबन्धन भत्काउने प्रयासमा छन् ।

सत्ता गठबन्धन भत्काएर आएमा एक वर्ष प्रधानमन्त्री बनाउने कांग्रेसको प्रस्तावपछि नेपालले रणनीतिक रुपमा मुभ ल्याउने प्रयास गरेका थिए ।तर, आइतबार आकस्मिक रुपमा जसपा विभाजन भएपछि अध्यक्ष नेपालको प्रयासले सार्थकता पाउने देखिएको छैन् । उल्टै पार्टीनै फुट्ने स्थितिमा पुगेपछि आज साँझ बस्नेगरि नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖