• Friday 23rd of October 2026

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतको दुर्गम क्षेत्रमा गएको भूकम्पका कारण मानवीय क्षति भएको हो।

भारतीय समयअनुसार बिहीबार राति ८ बजेर ३ मिनेटमा तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) को तथ्यांकमा उल्लेख छ। भूकम्पपछि पनि तिब्बतका विभिन्न क्षेत्रमा पटकपटक धक्का महसुस गरिएको थियो।

एनसीएसका अनुसार अक्टोबर २२ को रातिदेखि अक्टोबर २३ को राति १२ बजेर ५१ मिनेटसम्म तिब्बत, चीन र म्यानमारमा गरी १८ वटा भूकम्पीय घटना रेकर्ड भएका छन्। तीमध्ये तिब्बतमा १३, चीनमा चार र म्यानमारमा एउटा घटना रेकर्ड गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖