• Monday 5th of October 2026

डाक्टर कुटपिट घटना: थप दुई पक्राउ


  • धनकुटा खबर
  • .

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न थप दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको केही युवाको समूहले बुधवार दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा, छोरी रमिता केहीबेर अघि पक्राउ परेका थिए । घटनामा संलग्न छोरा रोहीत र भतिज अनुप प्रधानलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖