• Sunday 4th of October 2026

सेतो पुतलीबाट बचौं, नत्र आँखाको दृष्टि गुम्न सक्छ


  • धनकुटा खबर
  • .

काठमाडौंं । यतिबेला मध्य पहाडी भेगमा हानिकारक सेतो पुतलीले सार्ने शापू रोगको प्रकोप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रातको समयमा ट्युवलाईट र बिजुली बत्ती, पर्दा, कपडा, झ्यालमा झुम्म भएर बस्ने सेतो पुतलीको झुस आखाँमा पर्‍यो भने आखाँको ज्योतिसम्म गुम्ने चिकित्सकहरु बताउँछन् ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाएको छ । महाशाखाले यस रोगको लक्षण देखिएमा आफूखुशी औषधी वा जडिबुटीको प्रयोग नगर्न पनि सुझाएको छ ।

शापु एक दृष्टिनाशक रोग हो । प्राय वर्षायामपछि भदौदेखि मंसिरसम्म शापु महामारीको रूपमा देखिने गरेको छ । यो रोगको लक्षणहरू देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।

शापु रोगका लक्षणहरू के के हुन् ?
एक्कासी एउटा आँखा रातो हुनु
चिप्रा नलाग्नु
उज्यालोमा हेर्न नसक्नु
आँखाको दृष्टिमा तत्कालै कमी हनु
आँखा दुख्नु
उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
शापूको रोकथाम कसरी गर्ने
सेतो पुतलीको संसर्गबाट टाढै रहने
धेरै उज्यालो सेतो बत्ती नबाल्ने

साँझ र राती झ्याल ढोका बन्द गर्ने
सम्भव भएसम्म अयाल ढोकामा जाली हाल्ने
आफूखुसी औषधि वा जडिबुटिको प्रयोग नगर्ने

सुल्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर मात्र सुत्ने
आजभन्दा करिब ४४ वर्षअघि पोखरामा सेतो पुतली भेटिएको दाबी चिकित्सकहरुले गरेका छन् । नेपालमै पहिलो पटक २०३२ मा याे रोग देखिएको थियो । त्यसबेला यस रोग डाक्टर मदनकुमार उपाध्यायले पत्ता लगाएका थिए। लामो अनुसन्धानपछि डाक्टर उपाध्यायले यस रोगलाई ‘सापु’ नाम दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖