• Wednesday 7th of October 2026

मकैका जुँगा यी ७ रोगका लागि हुन्छ अचुक औषधि,जानी राखौ


  • धनकुटा खबर
  • .

हरियो मकै मात्र हैन जुँगा पनि हुन्छ फाइदाजनक, यी ७ रोगका लागि हुन्छ अचुक औषधि हरियो मकै पोलेर खानुको मज्ज्जा नै छुट्टै छ। तर यदि तपाईं मकै खाँदा त्यसको जुँगा फाल्नुहुन्छ भने अब यसो नगर्नुहोस्। मकै जुँगामा पनि धेरै पोषक तत्व समावेश हुन्छन्, जुन धेरै रोगको लागि लाभदायक हुन्छ।

मकैको जुँगाको ड्रिंक्स बनाएर खाने हो भने यसले मिर्गौलालाई स्वस्थ राख्नुका सथै यसले थुप्रै रोगहरूबाट बचाउन मद्दत गर्छ। आउनुहोस् यो कुरा जान्नुहोस् कि कसरी घरमै मकैको जुँगाको ड्रिंक्स बनाउन सकिन्छ र यसको फाइदा के-के हुन्छन् भनेर ?

१, मूत्रवर्धक एजेन्ट: मकैको जुँगाको चिया एक प्राकृतिक शक्तिशाली मूत्रवर्धक एजेन्टको रूपमा प्रयोग गरिन्छ। यसले शरीरबाट बढी पानी र विषाक्त पदार्थ हटाउन मद्दत गर्छ, जसको कारण पानी प्रतिधारण सम्बन्धित समस्याहरू कम हुन्छ। अनुसन्धानका अनुसार लामो समयसम्म यसको प्रयोगले हृदय सम्बन्धि रोग तथा मिर्गौला रोग लगायतका धेरै स्वास्थ्य जोखिमहरूलाई कम गर्छ।

२, पत्थरीको लागि : पत्थरीबाट पीडित मानिसको लागि मकैको जुँगाको चियालाई रामबाण उपाय मानिन्छ। यसले तपाईंको मिर्गौलामा जम्मा भएको विषाक्त पदार्थ र नाइट्रेट्स हटाउँछ जसको कारण पत्थरीको जोखिम कम हुन्छ। र पत्थरी भएको मानिसको शरीरमा रहेको पत्थर बिस्तारै गलाएर बाहिर निकाल्छ।

३, मोटोपना कम : मकैको जुँगा मोटोपनाबाट छुटकारा पाउन पनि निकै सहयोगी हुनसक्छ। शरीरमा पानी प्रतिधारण समस्याको र विषाक्त पदार्थ जमेको कारण मानिस मोटोपनाबाट ग्रस्त हुन्छन् । मकैको जुँगाले यी चीजहरूलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ जसले वजन घटाउने प्रक्रिया बढ्छ।

४, मधुमेह नियन्त्रण: हालसालै गरिएको अनुसन्धानका अनुसार मकैको जुँगाको चियाले रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्छ। मकैको जुँगामा प्रचुर मात्रामा हुने भिटामिन र खनिजहरूको कारणले रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा रहन्छ, जसको कारण मधुमेह नियन्त्रणमा रहन्छ।

५, रगत जन्म मद्दत : मकैको जुँगामा हुने भिटामिन ‘के’ को अधिक मात्राको कारणले यसले रगत जन्मे क्षमता बढाउँछ। यसको कारण चोटपटक लाग्दा अत्यधिक रगत गुमाउनु पर्दैन।

६, रक्तचाप नियन्त्रण : आजको समयमा धेरै मानिस उच्च रक्तचापबाट पीडित छन्। यस्ता मानिसले उच्च रक्तचाप कम गर्नको लागि मकैको जुँगाको चिया प्रयोग गर्न सक्छन्।

७, पाचन तन्त्र मजबूत राख्न : यसले तपाईंको पाचन प्रणाली मज्बोत बनाउँछ। यसलाई एक राम्रो आहार पनि मानिन्छ। प्रोटीन उच्च मात्रामा हुने भएकोले पनि यसलाई स्वास्थ्यको लागी लाभदायक मानिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖