• Monday 5th of October 2026

यसरी भयो काठमाडौंका लागि छुटेको रात्रि बस दुर्घटना


  • धनकुटा खबर
  • .

पाल्पा । पाल्पामा रात्रि बस दुर्घटना भएको छ । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस बिहीबार बेलुकी तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका २० जनालाई तानसेनमा रहेको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बसको ब्रेक फेल भएपछि दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धानथालेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖