• Wednesday 7th of October 2026

विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय


  • धनकुटा खबर
  • .

फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड खोप फिर्ता लिने बताएको छ । कम्पनीले आफ्नो आधिकारिक विज्ञप्तिमा यसलाई विशुद्ध व्यावसायिक निर्णय भनेको छ।

एस्ट्राजेनेकाका अनुसार कोभिडका नयाँ भेरियन्टलाई लक्षित गर्ने अन्य धेरै खोप बजारमा उपलब्ध भएपछि माग घटेको छ। एस्ट्राजेनेकाले भर्खरै बेलायती अदालतमा पेश गरेको कागजातमा पहिलो पटक कम्पनीको कोरोना भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्ने स्वीकार गरेको छ ।

कोरोना खोप पाएका धेरैले मिलेर यो औषधि कम्पनीविरुद्ध खोपको साइड इफेक्टको क्षतिपूर्तिको लागि मुद्दा दायर गरेका छन् । यो खोपका कारण आफूले धेरै आफन्त गुमाएका र अन्य धेरै अवस्थामा कम्पनीको कोरोना खोपनले मानिसलाई गम्भीर नोक्सान पुर्‍याएको यो मुद्दा दायर गर्ने कतिपयले बताएका छन् ।

तर, धेरै अध्ययनले एस्ट्राजेनेकालगायत विभिन्न कम्पनीको कोरोना भ्याक्सिनले विश्वभर करोडौँ मानिसको ज्यान बचाएको दाबी पनि गरेको छ । एस्ट्राजेनेकाले मात्र पहिलो वर्षमा ६० लाखभन्दा बढी मानिसको जीवन बचाएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖