आज (बिहीबार) राति पनि देशभर मौसम बदली हुनेछ भने सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।
अनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
