• Thursday 8th of October 2026

हट्यो बिहेको फोटो,रणवीर र दीपिकाको सम्बन्ध बिग्रिएको हो ?


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले एक महिनाअघि मात्रै आफूहरु आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । यसैबिच सामाजिक सञ्जालमा यतिबेला रणवीर र दीपिकाको सम्बन्ध चिसिएको खबरले चर्चा पाइरहेको छ ।

रणवीर सिंहले इन्स्टाग्राममा आफ्नो बिहेको तस्बिरहरू हटाएपछि यो हल्ला सुरु भएको हो । रणवीरले हालै इन्ष्टामा २०२३ अघिका सबै पोस्टहरू हटाएका थिए ।

उनले हटाएका पोस्टमा विवाहका तस्बिरहरू पनि थिए । यी तस्बिरहरू मेट्ने बित्तिकै, फ्यानहरूले उनीहरूको विवाह सङ्कटमा रहेको भविष्यवाणी गर्न थालेका थिए । उनीहरूको वैवाहिक सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ । अभिनेताले बिहेको तस्बिर हटाउनुको ठोस कारण थाहा हुन सकेको छैन ।

चिसिएको हो सम्बन्ध ?

रणवीर र दीपिकाको सम्बन्ध चिसिएको अनुमान फ्यानहरूले गरेका छन् । यस विषयमा सिंह दम्पतीले कुनै प्रतिक्रिया दिएका छैनन् । तस्बिर हटाएपछि फ्यानहरूले प्रश्नको ओइरो लगाएका छन् । इन्ष्टाग्राममा २०२३ को जनवरी पछिका रणवीर सिंहका सबै पोष्टहरू छन् । तर त्यस अघिका सबै पोस्ट हटाइएको छ । रणवीर र दीपिकाले सन् २०१८ को नोभेम्बर १४ मा दुवैले इटालीमा धूमधामसँग बिहे गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖