• Wednesday 7th of October 2026

किन बढ्दै छ युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या ? कसरी गर्ने उपचार ? जानी राखौ


  • धनकुटा खबर
  • .

पहिला वृद्धाहरूमा हुने ढाड, कम्मर, गर्धन दुख्ने समस्या पछिल्लो समयमा युवामा पनि धेरै देखिन थालेको छ। यो समस्याले अहिलेका युवा पुस्ता बढी ग्रसित देखिन्छन्। पहिला यो प्राकृतिक रूपमा या हड्डी खिइएर हुने गर्थ्यो ।

तर आजभोलि युवा पुस्ता ग्रसित छन् । ढाड, कम्मर दुख्ने समस्याको समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । जब शरीरमा एक्टिभिटीको कमी हुन्छ ।शरीर कमजोर हुँदै जान्छ । समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । शारीरिक सक्रियताको कमीले डिप्रेसन, मानसिक समस्या, मधुमेहदेखि मुटु रोगसम्म र साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लग्ने गरेको प्रकृति तथा दुखाई रोग विशेषज्ञ डा.सुनिल पौडेल बताउँछन् ।

अहिलेका युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या किन बढिरहेको छ ? अहिले हामी सक्रिय जीवनबाट डिजिटल लाइफमा परिणत हुँदै गएका छौं । यसले यो समस्या बढ्दै गएको छ । एकै ठाउँमा घन्टौँसम्म बस्ने मोबाइल फोन चलाउने र एउटै पोजिसनमा बसिरहने हुँदा यो समस्या बढेको छ ।

जब शरीरमा एक्टिभिटीको कमी हुन्छ शरीर कमजोर हुँदै जान्छ । शारीरिक एक्टिभिटीको कमीले डिप्रेसनदेखि मानसिक समस्यासम्म मधुमेहदेखि मुटु रोगसम्म बढ्दै गएको छ । साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लाग्छ । आजभोलि डिजिटल लाइफले हाम्रो मेकानिकल समस्या निम्ताएको छ ।

हामीले आजभोलि काम गर्नै छोड्यौं । बसीबसी काम गरेका छौँ । प्रकृतिसँग हुर्कने समय नपाएका कारण पनि समस्या बढिरहेको छ । उमेर बढ्दै जाने बेलामा पनि समस्या आउँछ । खानपिन व्यायाम जीवनशैली नमिल्दा पनि समस्या आउँछ । अप्राकृतिक र डिजिटल लाइफले गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि घटिरहेको छ ।

अहिलेका युवा पुस्ता कुलतमा फस्ने क्रम पनि बढ्दो छ । यसले पनि समस्या ल्याएको छ । कहिलेकाहीँ दुर्लभ रूपमा क्यान्सर, ट्युमरले गर्दा, केहीमा पाठेघरको समस्या, तल्लो पेटका समस्या, थाइरोइड, हर्मोनका समस्या, मेटाबोलिक डिजिज लगायतले पनि यो समस्या देखा पर्छ ।

यो समस्याबाट बच्ने उपाय के के हुन् ? हरेक बिरामीले आफूलाई के समस्या भएको हो भनी बुझेर तुरुन्तै विशेषज्ञकोमा जानुपर्छ । कुनै चिकित्सक कहाँ गएपछि उनीहरूले सम्बन्धित विशेषज्ञकोमा नपठाउँदा पनि यो समस्या थप बढ्न सक्छ ।

पहिले फिजिसियनले हेर्ने, दोस्रोमा सम्बन्धित विशेषज्ञले हेर्ने, तेस्रोमा सर्जनले हेर्ने त्यसपछि फेरि सम्बन्धित विशेषज्ञले हेर्ने हुन्छ । बिरामी चिकित्सक कहाँ गएपछि यो कसरी भयो के गर्दा ठिक हुन्छ रु के खाँदा ठिक हुन्छ रु भनेर सल्लाह लिनुपर्दछ।यस्ता रोगलाई ठुलो बनाएर डराउनु हुँदैन । लक्षण देखिने बित्तिकै उपचार गर्न जानुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖