• Sunday 4th of October 2026

दीपक र दीपालाई फुर्क्याउँदै हरिवंशले भने- तपाईंहरु चलचित्र क्षेत्रका तपस्वी


  • धनकुटा खबर
  • .

काठमाडौं। कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आजबाट मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएका छन्। आइएनआइ सिनेमाजको फ्रेन्चाइजीको रुपमा उनीहरुले हल सञ्चालन गरेका हुन् । हलमै पत्रकार भेटघाटको आयोजना गरी यो जोडीले हल उद्घाटन गरेको हो।

हल उद्घाटनको अवसरमा दिपक–दीपाले नेपाली फिल्म निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणासहित आफ्ना भनाइहरु राखेका थिए। दिपक–दीपालाई हौसला दिन हाँस्य–कलाकार हरिवंश आचार्य पनि हलमा उपस्थित थिए। उनले आफूहरुले गर्न नसकेको काम दीपक–दीपाले गरेको बताउँदै आफू हर्षित भएको बताए।

‘नेपाली सिने क्षेत्रमा दिपक–दीपाको टिम एक उदाहरणीय टिम भएर छाइसक्नुभएको छ। उहाँहरु नेपालको पहिलो कलाकारहरु हुनुहुन्छ जसले हल व्यवसायमा पाइला टेक्नुभएको छ,’उनले भने,‘यो मेरो लागि पनि असाध्यै गर्वको कुरा हो।’

उनले विगत सम्झिँदै सुनाए,‘जुन बेलामा हामीले यो क्षेत्रमा पाइला अगाडी बडायौँ, त्यो बेलामा कलाकारहरुलाई र यो क्षेत्रमा आउनेलाई पैसा दिने चलन नै थिएन। शोक र नामका लागी काम गरिन्थ्यो। दाम त सोचमै आउदैन थियो। तर काम गर्दै गएपछि नाम सँगसँगै दाम पनि पछि–पछि आउने रहेछ। मात्र यति हो, समयलाई मान्छेले चिन्न सक्नुपर्ने रहेछ।

प्रसुती व्यथा लाग्दा एउटी आमालाई जति गाह्रो हुन्छ, त्यति नै गाह्रो कथाकार र पटकथाकारलाई एउटा कथा निकाल्न गाह्रो हुने हरिवंशले जनाए। ‘चलचित्र क्षेत्र निर्माण भनेको एउटा तपश्वीले तपस्या गरेको जस्तै हो। र दिपक–दीपा पनि त्यहीँ तपश्वीजस्तै हुनुहुन्छ। उहाँहरुले निर्मातालाई जुन ५० प्रतिशत सेयर दिने घोषणा गर्नुभयो, त्यो झनै प्रशंसनीय छ। ठाउँ र समय सबै शुभ छ। टिमलाई सफलताको शुभकामना। व्यवसाय अझ फस्टाउँदै जाओस,’उनले सुनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖