• Monday 5th of October 2026

तीजमा सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

दाङ,२९ भदौ । तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ ।

असोज १ गते परेको हरितालिका तीजको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । अधिकृत माधव शर्माले सूचना जारी गरि यस्तो जानकारी दिनुभयो ।

संघीय सरकारले तीजको अवसरमा महिलालाई मात्रै विदा दिएको अबस्थामा प्रदेशले सार्वजनिक विदा नै दिएको हो ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन विदा दिने निणर्य गरेको हो ।

थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त विदा दिएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖