• Thursday 8th of October 2026

सम्बन्धमा दरार, सैफले हटाए करिनाको नामको ट्याटु


  • धनकुटा खबर
  • .

एजेन्सी । बलिउडको चर्चित जोडीको बारेमा जब कुरा हुन्छ करीना र सैफको नाम पनि अवश्य लिइन्छ ।

दुबै प्रायः एकसाथ देखिने गर्छन् । विवाहको यति वर्षपछि पनि उनीहरु पापाराजीलाई पोज दिन बिर्सँदैनन् ।

तर अब के दुबैबीच पहिलाजस्तो सम्बन्ध छैन ? यो प्रश्न किन आइरहेको छ भने एउटा तस्वीर भाइरल भइरहेको जसलाई देखेर प्रसशंकहरुले उनीहरुबीच सम्बन्धमा दरार आइरहेको छ ।

सैफ अली खान र करीना कपूरले १६ अक्टुबर २०१२ मा विवाह गरेका थिए । जो सैफ अली खानको दोस्रो विवाह भएको थियो ।

विवाहपछि उनीहरुको दुईवटा छोरा तैमूर र जहांगीर अली खान छन् ।

सैफ जब करीनाको प्रेममा परेका थिए उनले करीनाको नामको ट्याटु आफ्नो हातमा बनाएका थिए ।

तर हालै केही तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् जहाँ सैफको हातमा करीनाको ट्याटु गायब देखिन्छ ।

हालै सैफ अली खान एयरपोर्टमा देखिएका थिए जहाँ उनको करीना नामको ट्याटु भएको हातमा अर्कै ट्याटु देखिएको छ । किन उनले ट्याटु परिवर्तन गरे भनेर साँचो कुरा थाहा भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖