• Sunday 4th of October 2026

छोराले उपचार नपाएपछि ऋचाको आक्रोश : चिकित्सालय पैसा कमाउने भाँडो


  • धनकुटा खबर
  • .

काठमाडौं । हक्की स्वभावकी छिन् अभिनेत्री ऋचा शर्मा । मनमा लागेको कुरा भनिहाल्ने उनको बानी छ । आफ्नो सामाजिक सञ्जाल पछिल्लो पोस्टमा ऋचाले नेपालका अस्पताल र स्वास्थ्यकर्मीको व्यवहारप्रति आक्रोश पोखेकी छन् ।

छोरा आभ्यान लडेर टाउकोमा चोट लागेपछि ऋचा चण्डोलको कोपिला क्लिनिकमा पुगेकी थिइन् । त्यहाँका कर्मचारीले गरेको व्यवहारप्रति ऋचा क्रुद्ध बनेकी हुन् । इन्स्टाग्राममा उनले यो अनुभवलाई फ्यानमाझ सेयर गरेकी छन् ।

उनी लेख्छिन्, ‘आज बिहान ११:३० मा छोरा आभ्यानको प्रि–स्कुलमा मेचबाट लडेर टाउकोमा चोट लागेको र टुटुलको आएको छ भनेर फोन आएपछि म केही मिनेटमै त्यहाँ पुगें । म त्यहाँ पुग्दा छोरा दुखेर रोइरहेको देखेपछि मैले स्कुलको प्रधानाध्यापिकासँग मिलेर त्यहाँबाट मात्र दुई घर पर चन्डोलस्थित कोपिला क्लिनिक लिएर गएँ । त्यहाँ पुग्ने बित्तिकै रिसेप्सनमा मैले इमरजेन्सीमा डाक्टर बोलाइदिनुस् मेरो बच्चालाई चोट लागेको छ भन्दा ‘हुन्छ तर पहिला मेम्बरसिप रजिस्ट्रेसन गराउनुहोस् किनकि यो तपाईंको पहिलो चोटि हो । रेजिस्ट्रेसन शुल्क ४ हजार ८०० र थप डाक्टर जाँच शुल्क’ भन्ने जवाफ पाएँ । मैले ‘म त्यो सब गरुँला पहिला डाक्टर बोलाइदिनुस्’ भन्दा फेरि ‘पहिला रेजिस्ट्रेसन गर्नुस् भन्दा मलाई त्यो व्यवहारदेखि घिन नै लागेर आयो ।’

ऋचा थप लेख्छिन्, ‘मैले मेरो बच्चालाई लिएर तुरुन्त उसलाई देखाइरहेको डाक्टरका लगें । कुरा ४५ सयको थिएन, कुरा एउटा बच्चाको चिकित्सालय जस्तो ठाउँ, त्यो पनि निजी सुविधा विश्वास दिलाउने ठाउँमा चिकित्सालयलाई एउटा बच्चाको स्वास्थ्य भन्दा पैसा कमाउने भाँडो बनाउने दुःखद दुष्प्रयासको थियो । कुरा चोट कत्तिको थियो होइन, कुरा कुनै पनि बिरामीले पाउनुपर्ने आकस्मिक र आपातकालीन अवस्थामा मेडिकल सुविधाको थियो । म बोल्दैछु किनकि कति आमा र बिरामीका परिवारले त कस्तो विपत आइपर्दा पनि बोल्ने ठाउँसम्म पाउँदैनन् । आज एउटा नायिका होइन, एउटा आमाको गुनासो हो र एउटा सचेत नागरिकको ।’

फिल्म ‘फस्ट लभ’बाट नेपाली फिल्ममा डेब्यु गरी ऋचा पछिल्लो समय छोरा आभ्यानलाई हुर्काइरहेकी छन् । उनी छोराको स्याहारसुसारप्रति समर्पित पनि रहेको देखिन्छ । ऋचाको पछिल्लो फिल्म ‘चि मुसी ची’ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖