• Thursday 8th of October 2026

बेपत्ता भएको तीन सातापछि घर फर्किए अभिनेता गुरचरण,कहां गएका थिए उनी ?


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् । उनी अप्रिल २२ गतेदेखि बेपत्ता थिए ।

दिल्ली प्रहरीका अनुसार सिंहले सोधपुछका क्रममा आफू सांसारिक काम त्यागेर आध्यात्मिक यात्रामा निस्किएको बताएका छन् । उनले यी तीन हप्तामा अमृतसर, लुधियानलगायत धेरै सहरका गुरुद्वाराहरूको भ्रमण गरेको बताए । ‘पछि घर फर्किनुपर्छ भन्ने महसुस भयो, त्यसैले फर्किएँ,’ सिंहको भनाई उद्धृत गर्दै प्रहरीले भनेको छ ।

उनी २२ अप्रिलमा दिल्लीस्थित आफ्नो घरबाट मुम्बई प्रस्थान गरेका थिए । तर, उनी न एयरपोर्ट पुगे न घर फर्किए । यसपछि दिल्ली प्रहरीले अपहरणको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो।

सिंहको छिट्टै बिहे गर्ने तयारीमा थिए । यति मात्र होइन, उनी आर्थिक संकटसँग जुधिरहेका छन् । गुरुचरणले एटीएमबाट ७ हजार रुपैयाँ निकालेपछि उनको फोन स्वीच अफ भएको प्रहरीले जनाएको थियो । उनको अन्तिम स्थान दिल्लीको पालममा रहेको उनको घरबाट केही किलोमिटर टाढा भेटिएको थियो।

सिंह ‘तारक मेहता का उल्टा चश्मा’ को स्थापनादेखि सन् २०१३ सम्मको एक हिस्सा रहे। पछि निर्माता असित मोदीसँगको केही विवादका कारण उनले शो छोडे ।

तर, त्यतिन्जेल उनी यति लोकप्रिय भइसकेका थिए कि जनताको मागमा निर्माताले उनलाई शोमा फिर्ता ल्याउनु परेको थियो । कमब्याक गरेपछि उनले ६ वर्ष यो शो गरे । यसपछि उनले २०२० मा लकडाउनका बेला आफ्ना बुबाको हेरचाह गर्न शो छोडे। अभिनयबाट टाढिएपछि सिंह दिल्लीमा आमाबुवासँग बस्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖