• Thursday 8th of October 2026

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल सजाय सुनाएको छ ।

अक्टोबर २०२२ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक डिपेपले घातक हमला गरेका थिए । 

क्यालिफोर्नियाको अदालतले शुक्रबार डिपेपलाई ३० बर्षको जेल सजाय सुनाएको छ । न्यायाधीशले डिपेपलाई अपहरणको अभियोगमा २० वर्ष र आक्रमणको अभियोगमा ३० वर्षको सजाय सुनाएको छ ।  

पल पेलोसीमाथि यो हमला उनको सान फ्रान्सिस्कोको घरमा राति २ बजे भएको थियो । आक्रमणकारीले पलको टाउकोमा हथौडाले प्रहार गरेका थिए । घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो । 

डिपेपले अदालतमा आफूले न्यान्सी पेलोसीमाथि हमला गर्न गएको बताएका थिए । यसका लागि उनले युनिकर्न ड्रेस (यस्तो पहिरनले कम चोटपटक लाग्ने) लगाएर आक्रमण गर्दा न्यान्सी पेलोसीको आवाज रेकर्ड गरी अनलाइनमा अपलोड गर्ने योजना बनाएको थियो तर आक्रमणको समयमा न्यान्सी त्यहाँ उपस्थित थिएनन् । जसका कारण उनले पेलोसीका श्रीमानमाथि हमला गरेको बताएका थिए ।

सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई धाँधली गरेर पराजित गर्ने षड्यन्त्र गर्नेहरूमध्ये न्यान्सी पनि थिए भन्ने डिपेप विश्वास गर्छन् । यस अवधिमा ट्रम्पले उत्तेजक बयान दिएका थिए, जसले डिपेपलाई प्रभावित बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖