• Monday 5th of October 2026

रिङरोडसँग जोडिएको ठाउँमा ४ जनाको हत्या हुँदा पनि प्रहरीले उठाएपछि मात्र स्थानीयले चाल पाए


  • धनकुटा खबर
  • .

काठमाडौं। शुक्रबार राति १२ बजेर ५५ मिनेटमा प्रहरीले गैह्रीगाउँस्थित काठमिलमा चार जनाको शव फेला परेको सूचना पाएको थियो। प्रहरीलाई खबर गर्ने व्यक्ति सोही मिलमा बस्दै आएका दीपेन्द्र राई थिए।

शंकास्पद गतिविधिका कारण राईलाई प्रहरीले अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको छ। मारिने अर्का व्यक्ति दीपेन्द्रकै आफन्त भएको बुझिएको छ।

उनका बुबा आमा एक वर्षअघिसम्म सोही मिलमा काम गर्दै आएका थिए। बुबा आमा त्यहाँ छाडेर अन्तै गएपनि दीपेन्द्र भने सोही काठमिलमा बस्दै आएका थिए। उनी त्यस काठमिलको कामदार नभएको पाइएको छ।

रिङरोडसँगै टाँसिएको उक्त काठमिलमा ४ जनाको हत्या हुँदा पनि स्थानीयले केही चाल नपाएको पाइएको छ। उक्त मिलसँगै जोडिएको प्लाई गोदाममा एक्लै बस्दै आएका टेकबहादुर श्रेष्ठले आफूलाई राती १ बजे प्रहरीले आएर उठाएपछि मात्र घटनाबारे थाहा पाएको बताएका छन्।

मिलको एक छेउमा मार्वल गोदाम रहेको छ। स्थानीय श्रेष्ठले अरु बेला पनि ठुलै होहल्ला भए मात्र आफुले थाहा पाउने गरेको बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖