• Thursday 8th of October 2026

हेलिकप्टर दुर्घटनामा परेका इरानका राष्ट्रपति र विदेशमन्त्रीको स्थिति १० घन्टा देखि अज्ञात


  • धनकुटा खबर
  • .

आइतबार हेलिकप्टर दुर्घटनामा परेका इरानका राष्ट्रपति इब्राहिम रायसी तथा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको स्थिति घटनाको १० घन्टा बितिसक्दा पनि अज्ञात रहेको छ।

इरानी सञ्चारमाध्यम आइआरएनएमा उल्लेख भएअनुसार राष्ट्रपति इब्राहिम र विदेशमन्त्री होसेन अमिर सवार हेलिकप्टर हुस्सु लागेको पहाडी इलाकामा दुर्घटना भएको थियो।

१० घन्टापछि पनि हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लागेको छैन। घटनाको विवरण अहिलेसम्म अज्ञात छ।

तर प्रारम्भिक रिपोर्टअनुसार सो हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

बीस वटा उद्धार टोली र ड्रोनहरूको माध्यमबाट राष्ट्रपति सवार हेलिकप्टर खोजी भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖