• Thursday 8th of October 2026

आमा बनिन् अभिनेत्री यामी गौतम


  • धनकुटा खबर
  • .

भारतीय अभिनेत्री यामी गौतम आमा बनेकी छन्।

उनका श्रीमान आदित्य धरले आफ्नो सामाजिक सञ्जालमार्फत छोरा जन्मिएको जानकारी दिएका छन्।

उनीहरूले आफ्नो छोराको नाम वेदाविद राखेका छन्। वेदाविदको अर्थ वेदको ज्ञाता बताइएको छ।

यामी र आदित्यले ४ जुन २०२१ मा विवाह गरेका थिए। उनीहरूको पहिलो भेट ‘उरी: द सर्जिकल स्ट्राइक’ को सेटमा भएको थियो। यसको करिब दुई वर्षपछि उनीहरूले विवाह गरेका हुन्।

यामी पछिल्लो समय फिल्म ‘आर्टिकल ३७०’ मा देखिएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖