• Sunday 4th of October 2026

मुम्बई एयरपोर्टमा निजी विमान चिप्लिएर दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौं । विशाखापट्टनमबाट मुम्बई आउँदै गरेको एक निजी विमान मुम्बई विमानस्थलमा चिप्लिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार उक्त विमानमा ६ जना यात्रु र दुई जना चालक दलका सदस्य थिए ।

डीजीसीएले आफ्नो बयानमा भनेअनुसार भीएसआर भेन्चर्स लियरजेट ४५ विमान मुम्बई एयरपोर्टको रनवे नम्बर २७ मा अवतरण गर्ने क्रममा चिप्लियो।

यो घटना भएको समयमा धेरै पानी परिरहेको थियो र भिजिबिलिटी ७०० मिटर सम्म थियो।

यसमा कोही पनि घाइते भएका छैनन् । विमानमा ६ जना सवार थिए भने २ जना चालक दलका सदस्य थिए ।

छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताले रनवे २७ बाट सेवा सुचारु भएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖