• Monday 5th of October 2026

आफ्नै श्रीमानले अश्लील तस्बिर सार्वजनिक गरिदिएपछि…


  • धनकुटा खबर
  • .

विराटनगर । साथीको नाताले जोडिएका सरिता (नाम परिवर्तन) र करण साह विस्तारै प्रेमी र प्रेमीकाको सम्बन्धमा जोडिन पुगे । बिस्तारै झाँगिदै गरेको दुई बीचको प्रेम विवाहमा परिणत भयो । सुनसरी बर्जु १ का २८ वर्षीय करणसँग विवाह गर्ने निधो गरेकी सरिताले सम्बन्ध सुमधुर हुन्छ सोचेकी थिइन । तर, साेचे जस्तो उनको बैवाहिक जीवनमा सम्बन्धनको यात्रा अगाडि बढ्न सकेन ।

विवाह भएको एक वर्षसम्म जसोतसो विवाह टिकाउने प्रयत्नमा लागिरहेकी सरिताका लागि बैवाहिक जीवन खासै सुखमय बिताउन सकिनन् । श्रीमानले दैनिक जस्तो दिने शारिरीक यातना कारण उनले सम्बन्धको यात्रा बीचैमा बिट मार्ने निधो गरिन । उनले श्रीमानलाई छोडेर आफ्न्तको साहारामा पढाईलाई निरन्तरता दिन थालिन् ।

‘जसोतसो बाँचेकै थिए, एक वर्षसम्म यातना दिएको पीडा बिर्सदै थिए । ढोका थुनेर निलडाम बस्ने गरि कुटपिट गर्ने गर्थे, ’ उनले सुनाइन्,‘ श्रीमान सुध्रिन्छ भनेर मैले मौका पनि दिएकी थिए तर सुध्रेनन् ।’
श्रीमानलाई छोडेर जीवन यात्रा अगाडि बढाइरहेकै थिइन् त्यही समय फेरी श्रीमानले आफू सुध्रिएको र अब अन्तिम पटक भेट्ने भन्दै भनेपछि पुनः भेट्न जाँदा त्यहाँ पनि आफूलाई ज्यान मार्ने धम्कि दिएको उनले सुनाइन् ।

‘मलाई सुध्रिन्छु भनेर उसले बेलबारीको बेतना हिँड हामी अन्तिम भेट्ने भनेर बोलाएपछि गए, उसले सुनसान जङ्गलभित्र लगेर तलाई यतिकै बोलाएको होइन,आज म तलाई मार्छु भनेर त्रास देखायो,’ उनले भने,‘ कपडा उतार नभए तलाई मार्छु भनेर आफ्नो झोलाबाट छुरी निकालेर घाटिमा छुरी तेर्साउदै मार्ने धक्कि दियो डरले केहि गर्न सकिन्नन ।’
उनलाई निर्वस्त्र बनाएर श्रीमानले शरीरको विभिन्न अंगको फोटो र भिडियो कैद गरेको उनले आरोप लगाएकी छिन् ।

त्यसपश्चात श्रीमानले घर ल्याएको र केही उपाय नभएपछि श्रीमानको घर गएको बताउदै उनले आफुले श्रीमानले आँखा छलेर प्रहरी समक्ष गएको सुनाइन् ।

‘मैले प्रहरी समक्ष पुगेर जाहेरी दिए,प्रहरी कोठामा पुग्दा मेरो श्रीमान भागिसकेको थियो ,अहिले ५ वटा फेक फेसबुक आइडी बनाएर अस्लिल तस्बिर हालिरहेका छन्,’ उनले भनिन् । उनले साहलाई खोजी गर्दिनु भन्दै सामाजिक सञ्जाल मार्फत सबैलाई आग्रह समेत गरेकी छिन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले अपराधीलाई खोज्न सक्दो प्रयास गरिरहेको बताएका छन् । उनले भने,‘ मोबाइल अफ भएको कारण खोज्न गाह्रो भएको छ ।’
(इशु पन्त,प्रशिक्षार्थी पत्रकार)
-स्रोत :आवरविराटनगर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖