• Tuesday 6th of October 2026

नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल नर्सिङ परिषद्को नाम दर्ता(लाइसेन्स) परीक्षाका लागि आवेदन खुलेको छ। वार्षिक कार्यतालिका अनुसार असार १५ र १८ गते नाम दर्ता परीक्षा हुँदै छ।

उक्त परीक्षामा सामेल हुनेले भोलिबाट अनलाइन फारम बुझाउन नेपाल नर्सिङ परिषद्ले आह्वान गरेको छ । परिषद्ले दिएको जानकारी अनुसार असार ५ गतेसम्म आवेदन फारम भर्न सकिने छ।

विलम्ब शुल्क तिरेर ६ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिने परिषद्ले जनाएको छ। पीसीएल नर्सिङ र बीएससी नर्सिङको परीक्षा असार १५ गते र मिडवाइफ र विशेषज्ञ नर्सको १८ गते हुने पनि परिषद्ले जानकारि दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖