• Monday 5th of October 2026

नाबालिग यौन दुर्व्यवहारको आरोपमा तीन खेलाडी पक्राउ


  • धनकुटा खबर
  • .

नाबालिगमाथि यौन दुर्व्यवहार गरेको आरोपमा रियल म्याड्रिडका खेलाडी पक्राउ परेका छन्।

नाबालिगसँगको यौन भिडियो सामाजिक सञ्जाल मार्फत शेयर गरेको आरोपमा स्पेनिस प्रहरीले रियलका तीन खेलाडीलाई पक्राउ गरेको छ। पहिचान गोप्य राखिएका उनीहरु रियलका एकडेमीका खेलाडी भएको बताइएको छ।

पीडित नाबालिगकी आमाले मुद्दा दायर गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो। मुद्दा सेप्टेम्बर ६ मा दायर गरिएको थियो।

स्पेनको सफलका खेलाडी पनि यौन दुर्व्यवहारको गतिविधिमा संलग्न भएपछि आक्रोशको लहर चलेको छ। रियल म्याड्रिडका अधिकारीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

छानबिनका क्रममा रियल म्याड्रिडको तेस्रो तहका एक जना खेलाडीले १६ वर्षीया पीडितसँगको यौन सम्बन्ध रेकर्ड गरेका थिए। सहमतिमै भएको भनिएको उक्त सम्बन्धको भिडियो अन्य दुई खेलाडीले सामाजिक सञ्जाल मार्फत शेयर गरेको बताइएको छ ।

म्याड्रिडमा हिरासतमा राखिएका तीनै जनालाई स्पेनको फौजदारी कानुन अन्तर्गत मुद्दा दायर गरिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖