• Sunday 4th of October 2026

तेलपछि नयाँ खजाना खोज्दै साउदी, विश्वलाई कति फाइदा ?


  • धनकुटा खबर
  • .

काठमाण्डौ । साउदी अरबमा तेलको भण्डार छ। साउदी ८० वर्षपहिले केही थिएन। तर, तेलले नै साउदीलाई आज विश्वको आर्थिक महाशक्ति बनाएको छ।

साउदीले सबैभन्दा धेरै पैसा तेलबाट आम्दानी गर्छ। तर, अब त्यहाँको शाही परिवार आफ्नो तेल केन्द्रित अर्थतन्त्र परिवर्तन गर्न चाहन्छ। यसका लागि साउदीको मरुभूमिमा धनको नयाँ स्रोत फेला परेको छ।

साउदी राजकुमारले पर्यटन प्रवर्द्धनका लागि अर्बौं डलर खर्च गरिरहेका छन्। यससँगै उनी मरुभूमिमा अर्बौं डलरको धातुको खोजीमा व्यस्त छन्।

यस परियोजनामार्फत साउदीलाई मेटल सेन्टर बनाउने योजना छ। यो विश्वव्यापी उद्योगमा एउटा ठूलो क्रान्ति हुनेछ। अन्तर्राष्ट्रिय खानी कम्पनीहरु यस अन्वेषणमा संलग्न छन्।

साउदीको यो सपना आंशिक रुपमा सफल भएमा त्यसको सकारात्मक प्रभाव विश्वमा पर्नेछ। धातु उत्खननसँग साउदी अमेरिका, चीन र विकासशील देशहरुसँग नजिक हुनेछ।

बेलायती खानी फर्म मोक्सिको रिसोर्सेस पीएलसीले रियादबाट २०० किलोमिटर पश्चिममा खानगुइयाहमा ओपनकास्ट जस्ता र तामा खानी स्थापना गर्न मद्दत गरिरहेको छ। कम्पनीमा काम गर्ने स्विगर्सले भने, ‘मैले अफ्रिकाभर खानी गरेको छु र भूविज्ञान जान्दछु। यहाँ खानी राम्रो छ। मरुभूमिबाट हामी २०० मिटरको गहिराइबाट नमुनाहरु संकलन गर्छौं।’

सबै कुरा ठीक भएमा २०५ सम्म खानगुइया साइटको पहिलो चरणले प्रत्येक वर्ष १ लाख टन जस्ता र १० हजार टन तामालगायतका धातु उत्पादन गर्नेछ। –एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖