• Sunday 4th of October 2026

टिकटकलाई अहिलेसम्मकै ठुलो जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं। चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकलाई अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना गरिएको छ। आयरल्याण्डको सरकारी निकायले टिकटकलाई अहिलेसम्मकै ठूलो ३४५ मिलियन युरो जरिवाना गर्ने निर्णय गरेको हो।

टिकटकले सन् २०२० मा बालबालिकाको डाटा प्राइभेसीमा गडबढी गरेको पाइएपछि जरिवानामा परेको हो। खास गरेर बालबालिकाको प्राइभेसी सेटिङ र उमेर प्रमाणीकरण लगायतका विषय मा गढबडी गरेको बताइएको छ।

यद्यपि, टिकटकले भने यो जरिवानाप्रति असहमति जनाएको छ। तीन वर्षअघि डाटा प्राइभेसीको विशेषतालाई सोही समयमा परिवर्तन गरेको र कम्पनीले विभिन्न सरकारी निकायबाट अनुसन्धान हुनुअघि नै यो व्यवस्था हटाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖