काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद आमने सामने हुदैछन् ।
उपाधिका लागि यी दुई टोली बेलुका पौने ८ बजे मैदान उत्रने छन् । आईपीएलको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा हुँदैछ । हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो भने हैदराबादले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा आइपुगेको हो ।
कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।
