• Thursday 8th of October 2026

बंगालको खाडीमा ‘रेमल’ चक्रवात, चेतावनी जारी


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात रेमलले गति लिएर अबको केही घण्टामा ठुलो चक्रवाती आँधीमा परिणत हुन सक्नेछ । यो चक्रवात मे २६ को मध्यरातमा बंगलादेश र पश्चिम बंगालको तटमा पुग्न सक्छ ।

मौसम विभागले सागर टापुबाट करिब ४२० किलोमिटर दक्षिणमा रहेको पूर्वी–मध्य बंगालको खाडीमा रहेको भारी न्यून चापीय रेखा रहेको जनाएको छ । चक्रवात रेमललाई ध्यानमा राख्दै मौसम विभागले चेतावनी जारी गरेको छ ।

तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ । समुन्द्रमा रहेकाहरुलाई फर्किन भनिएको छ । पश्चिम बंगालको दक्षिण २४ परगना र उत्तर २४ परगना जिल्लाहरूमा पनि चेतावनी जारी गरिएको छ र मानिसहरूलाई कमजोर भवनहरू खाली गर्न भनिएको छ ।

हावाहुरीका कारण धेरै ठाउँमा बाढी आउन सक्ने तथा बिजुली तथा सञ्चार सम्पर्कमा क्षति पुग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । मौसम विभागका अनुसार पश्चिम बंगालका अन्य धेरै तटीय जिल्लाहरू यस आँधीबाट प्रभावित हुनेछन् । यसको प्रभाव त्रिपुरा, असम, नागाल्याण्ड र मणिपुरमा पनि देख्न सकिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖