• Thursday 8th of October 2026

सुटिङमै नवनायक समीप निरौलालाई हृदयघात भएपछि…


  • धनकुटा खबर
  • .

‘सिटामोल’का नवअभिनेता समीप निरौलालाई हृदयघातको समस्या देखिएको छ। सिटामोलको औँठी सुनैको गीतको छायाङ्कनका क्रममा निरौलालाई हृद्यघात भएको थियो।

गत तीन दिनदेखि पश्चिमको रुकुम रोल्पा सिमानादेखि माथि लेकमा ३ हजार ६ सय मिटर उचाइमा गीतको सुटिङ भइरहेको थियो। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका थिए।

सुटिङ गर्ने क्रममा नवनायक समीप निरौलालाई हृदयघात भएपछि रातारात ८ घण्टाको बाटो एम्बुलेन्समा राति नै पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएको थियो। हाल स्वास्थ्यमा केही सुधार आएको निरौला स्वयमले जानकारी दिए। सुधार आए पनि थप उपचारको लागि काठमाडौंस्थित गंगालाल अस्पताल रिफर गरिएको उनको भनाइ छ।

राजबहादुर साने निर्देशित यस फिल्ममा समीपसहित सौगात मल्ल, बेनिशा हमाल, जानुका विक, सुशील पोखरेल, हिउँवाला गौतम, काजल भुजेल, दिनेश रेग्मी, करण नेपाली लगायत अभिनय छ। भूगोल कार्की र गंगाराम श्रेष्ठ फिल्मका निर्माता हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖