• Thursday 8th of October 2026

दोहाबाट डब्लिन उडेको विमानमा ‘टर्बुलेन्स’ हुँदा १२ जना घाइते


  • धनकुटा खबर
  • .

दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स हुँदा १२ जना घाइते भएका छन्।

बीबीसीका अनुसार डब्लिन एयरपोर्ट अपरेटर डीएए अनुसार बोइङ ७८७–९ ड्रिमलाइनरले टर्कीको आकाशमा टर्बुलेन्सको सामना गर्नुपरेको हो।

कतार एयरवेजको फ्लाइट क्यूआर ०१७ स्थानीय समय अनुसार १ बजे अवतरण भएको थियो। त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभागजस्ता आपतकालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए।

रिपोर्टका अनुसार, टर्बुलेन्सका कारण ६ जना यात्रु र ६ जना चालक दलका सदस्य घाइते भएका छन्, जसमध्ये ८ जनालाई अस्पताल लगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖