• Thursday 8th of October 2026

अन्नु कपुरलाई ज्यान मार्ने धम्कीपछि


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउड अभिनेता अन्नु कपुरको फिल्म ‘हमारा बारह’ को विवाद रोकिएको छैन । विवादित विषयमा बनेको यो चलचित्रका निर्माता तथा कलाकारलाई अज्ञात व्यक्तिबाट ज्यान मार्ने र बलात्कार गर्ने धम्की आउने क्रम जारी छ ।

फिल्मका केही कलाकारहरूले चार दिनअघि मुम्बईको वर्सोवा पुलिस स्टेशनमा उजुरी पनि दिएका थिए। अब अभिनेता अन्नु कपुरले भिडियो सन्देश जारी गर्दै फिल्मको बारेमा आफ्नो स्पष्टीकरण दिएका छन् । उनले महाराष्ट्र प्रहरी र गृह मन्त्रालयसँग पनि सुरक्षा मागेका छन् ।

अन्नुले भने, ‘यो फिल्मको टिजर हेरेपछि हामी, हाम्रा कलाकार र निर्देशकलाई ज्यान मार्ने धम्की आइरहेको छ । यी धम्कीहरू सामाजिक सञ्जाल र फोनबाट पनि आइरहेका छन् । तर म मेरो टोलीलाई आत्तिनुपर्ने अवस्था छैन भनेर बताउन चाहन्छु। यस्ता घटना यसअघि पनि धेरै पटक भएका छन् ।’

अन्नुले थप भने, ‘म मानिसहरूलाई फिल्म नहेरL आफ्नो राय नबनाउन आग्रह गर्दछु । हाम्रो फिल्मले महिला सशक्तिकरण र जनसंख्या नियन्त्रणको कुरा गर्छ। यसलाई नहेरी सामाजिक सञ्जालमा आफ्नो विचार नबनाउनुहोस्। हाम्रो उद्देश्य कुनै धर्ममाथि आक्रमण गर्ने होइन।’

यस भिडियोमा अन्नुले महाराष्ट्र पुलिस र गृह मन्त्रालयसँग सुरक्षा मागेकाछन् । अन्नुले भने, ‘महाराष्ट्र पुलिस, गृहमन्त्री र गृह मन्त्रालयले हामीलाई र यस फिल्मसँग सम्बन्धित सबै कलाकारहरूलाई सुरक्षा प्रदान गरिदिनुहुन विनम्र अनुरोध छ। यो तपाईंको कर्तव्य हो। हाम्रो फिल्मसँग सम्बन्धित व्यक्तिहरूको टाउको काट्ने सम्मका धम्कीहरू आइरहेका छन्।’

अन्नुले भने, ‘म यति मात्र भन्छु कि भारत पहिलेको जस्तो छैन अब भारत फरक छ.. हामी धम्कीसँग डराउँदैनौँ। मेरो देशको प्रहरी बलियो छ । शान्ति भङ्ग गर्न खोज्छौ भने याद राख हामी पनि चुप लागेर बस्दैनौँ।’

यो चलचित्र जुन ७ मा विश्वभरका थिएटरमा रिलिज हुँदैछ । ७७ औँ कान्स फिल्म फेस्टिभलमा पनि यसको प्रिमियर भएको थियो ।

यसअघि यो फिल्मको नाम ‘हम दो हमारे बारह’ थियो । अब सेन्सर बोर्डको आग्रहमा फिल्मको नाम ‘हमारे बारह’ राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖