• Thursday 8th of October 2026

बञ्जरोले हानेर नवदुलहीसहित परिवारका ८ जनाको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं : भारतको छिन्दवाडा जिल्लाको बोदल कछार गाउँमामा एक व्यक्तिले परिवारका ८ सदस्यलाई बञ्चरो प्रहार गरेर हत्या गरी आत्महत्या गरेका छन्।

संयुक्त परिवारमा बसोबास गर्दै आएका छोराले आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठ जनालाई बन्चरोले हानेर हत्या गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्।

आरोपितले यही मे २१ तारिखका दिन बिहे गरेका थिए। पहिले उनले श्रीमतीको हत्या गरेका थिए। त्यसपछि ५५ वर्षीया आमा, ३५ वर्षीय भाइ, ३० वर्षीया भाउजुको हत्या गरे।

बन्चरो प्रहार गरी उनले ५ वर्षीया भतिजी तथा ४ र डेढ वर्षका भतिजाको पनि हत्या गरेको प्रहरीले जनाएको छ। त्यसपछि आफू रुखमा भुण्डिएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा उल्लेख गरेको छ।

आरोपित व्यक्ति मानसिक रोगी भएको तर हाल अवस्था ठिक रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖