• Tuesday 6th of October 2026

‘भिटामिन बी’को कमी भए के हुन्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – शरीरलार्ई जीवन शक्ति दिन भिटामिन बी अति आवश्यक हुन्छ । पानीमा घुलनशील यो भिटामिनको कमीबाट शरीरमा अनेक रोग लाग्छन् ।

अनुसन्धानकर्ताहरुले भिटामिन बी का थुप्रै प्रकारको खोजी गरिसकेका छन् । सबैलाई मिलाएर भिटामिन बी कम्प्लेक्स भनिन्छ । यी सबै एक अर्कासँग अन्तर सम्बन्धित हुन्छन् ।

यसको कमीले स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेसन पनि हुनसक्छ। स्वस्थ रहन तथा शरीरलाई सुचारु रूपमा चलाउन भिटामिन्स र माइक्रोन्यूट्रियन्टको जरुरी हुन्छ। यसले डिएनए बनाउन पनि सहयोग गर्छ ।

राता रक्त कोष निर्माण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ । यसले शरीरका विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ ।

भिटामिन बी को कमी भएको कसरी थाहा पाउने ?

– हात,खुट्टा झमझम गर्ने

– हात,खुट्टा पोल्ने

– स्मरण शक्ति हुने

– कमजोरी महसुस हुने

– थकान

– डिप्रेसन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖