• Thursday 8th of October 2026

ट्रम्पलाई ४ वर्षसम्म कैद हुन सक्ने


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित एक अदालतले त्यहाँका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई ३४ वटा अभियोगमा दोषी ठहर गरेको छ।

म्यानहटनस्थित अदालतमा बुधबार साढे ९ घण्टा चलेको बहसपछि इजलासले उनलाई फर्जी कारोबारसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।

यस्तो अपराधमा दोषी ठहर हुनेमा ट्रम्प अमेरिकी इतिहासमा पहिलो पूर्वराष्ट्रपति हुन्। उनी फेरि पनि राष्ट्रपतिका लागि चुनावी दौडमा थिए।

यो निर्णय यस्तो समयमा आएको छ, जतिखेर उनको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनको तयारी भइरहेको छ।आउँदो जुलाई १५ मा राष्ट्रिय सम्मेलन हुँदै छ भने उनलाई सजाय सुनाउका लागि जुलाई ११ को दिन तोकिएको छ।

उनलाई प्रत्येक अपराधमा जरिवानादेखि ४ वर्षको कैद सजायसम्म हुन सक्नेछ।तर ट्रम्पले भने आफूमाथि अपमान र धाँधली भएको आरोप लगाएका छन्।पत्रकारहरुसामु निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले न्यायाधीशलाई पनि भ्रष्ट भनेर टिप्पणी गरेका थिए।ट्रम्पविरुद्धका यी मुद्दा गत अप्रिल १५ देखि चलिरहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖