• Thursday 8th of October 2026

विवादित भएपछि प्रकाश दूतराजले युट्युबबाट हटाए ‘करिम’


  • धनकुटा खबर
  • .

गायक प्रकाश दूतराजले आफ्नो पछिल्लो गीत ‘करिम’ युट्युबबाट हटाएका छन्।

उनले केही दिनअघि शान्तिश्री परियारसँगको स्वरमा ल्याएको गीत शुक्रबार युट्युबबाट हटाएका हुन्।

सो गीत सार्वजनिक भएको केही दिनमै भिडिओमा रहेको दृश्यलाई लिएर विवादित भएको थियो।

प्रकाश स्वयंले समेत अभिनय गरेको भिडिओमा बादी समुदायका महिलाको पीडा र बाध्यतालाई उठान गरिएको थियो।

भिडिओले नेपाली समाजलाई पुरानै स्थितिमा लिन खोजेको र बादीहरू जति पढे लेखे पनि देहव्यापारी हुन् भन्ने भाष्यलाई निरन्तरता दिन खोजेको भन्दै कतिपयले सामाजिक सञ्जालमा आलोचना भएको थियो।

गीतले बादी समुदायको स्वाभिमानमा ठेस पुर्‍याएको भन्दै हटाउन मागसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा समेत निवेदन परेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖