• Thursday 8th of October 2026

चीनलाई ठुलो सफलता, पृथ्वीबाट नदेखिने चन्द्रमाको भागमा अन्तरिक्ष यान अवतरण


  • धनकुटा खबर
  • .

बेइजिङ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको त्यहो क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् ।

चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) ले एक विज्ञप्तिमा भनेको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’

चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो । यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो सङ्कलन गरी पृथ्वीमा ल्याउनु हो।

यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू सङ्कलन गर्न सक्छ। चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठुलो क्रेटर छ, जहाँ यो यान अवतरण भएको छ।

यो अभियान अघि धेरै कठिनाइहरू थिए। चन्द्रमाभन्दा पर पुगेपछि अन्तरिक्ष यानसँग सम्पर्क गर्न गाह्रो हुन्छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖