• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अभ्यास खेलमा भारतले बंगलादेशलाई हरायो


  • धनकुटा खबर
  • .

न्युयोर्क । टी–२० विश्वकपको अभ्यास खेलमा भारतले बंगलादेशलाई ६० रनले हराएको छ । भारतले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि महमदुल्लाहले २८ बलमा ४० रन बनाए । उनले यस क्रममा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, शाकिब अल हसनले ३४ बलमा २८ रन जोडे ।

तान्जिद हसनले १८ बलमा १७ रन तथा तोहिद हृदोयले १४ बलमा १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

भारतका लागि अर्शदीप सिंह र शिवम दुवेले २–२ विकेट लिए । त्यस्तै, जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र अक्षर पटेलले एक–एक विकेट हात पारे ।

यसअघि भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्तले अर्धशतकीय पाली खेले । उनले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५२ रन बनाए ।

उनलाई २३ बलमा ४० रन बनाउँदै हार्दिक पाण्ड्याले राम्रो साथ थिए । पाण्ड्याले २ चौका र ४ छक्का हिर्काए ।

सूर्यकुमार यादवले १८ बलमा ३१ रन तथा कप्तान रोहित शर्माले १९ बलमा २३ रन बनाए । बंगलादेशका लागि मेहदी हसन, सोरिफुल इस्लाम, महमदुल्लाह र तनभीर इस्लामले १–१ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖