• Monday 5th of October 2026

दुर्घटनामा घाइते भण्डारीको मृत्यु


  • धनकुटा खबर
  • .

तुलसीपुर, ३१ भदौ । तुलसीपुरको एयरपोर्ट नजिकै हाइसले अटोलाई ठक्कर दिदा घाइते भएका मध्य एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौरा निवासी १३ वर्षका दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖