• Thursday 8th of October 2026

सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री अदा शर्मा उनको फिल्म ‘बस्तर द नक्सल स्टोरी’को कारण चर्चामा छिन् ।

लामो समयदेखि उनी बलिउडका स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको घरमा सिफ्ट हुन लागेको खबर आइरहेको थियो । हालै एक अन्तरवार्तामा अभिनेत्रीले आफू सुशान्तको घरमा सिफ्ट भएको स्वीकार गरेकी छिन् ।

ई–टाइम्सको रिपोर्ट अनुसार अदा शर्माले सन् २०२३ को अक्टोबरमा घर भाडामा लिन भाडा सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । अभिनेत्री यही वर्षको सुरुमा आफ्नी आमा र हजुरआमासँग त्यहाँ बस्न थालेकी थिइन् । रिपोर्टका अनुसार आदाले यो घर पाँच वर्षको लागि भाडामा लिएकी छन् ।

बम्बे टाइम्ससँग कुराकानीमा अदा आफैंले पनि यो जानकारी दिएकी थिइन् । ‘म चार महिनाअघि मात्र फ्ल्याटमा सिफ्ट भएकी थिएँ । म ओटीटीमा मेरो प्रोजेक्ट ‘बस्तर द नक्सल स्टोरी’को प्रमोशनमा व्यस्त थिएँ । अहिले कामबाट केही समय छुटाएर यहाँ बसेको छु ।’ उनले भनिन् । अदा अहिलेसम्म बान्द्राको पाली हिलमा एउटै घरमा बसेी थिइन् ।
अभिनेत्रीले घर फेरेको यो पहिलो पटक भएको बताइएको छ । आफू भाइब्सबारे निकै संवेदनशील रहेको र सुशान्तको घरले आफूलाई सकारात्मक भाइब्स दिएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖