• Thursday 8th of October 2026

बाढी र पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रीलंकामा बाढी र पहिरोका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । देशको विपद् व्यवस्थापन केन्द्रले सो जानकारी दिएको हो ।

कोलम्बोबाहिरको सितावाकामा बाढीले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

धेरै क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ भने सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।

नौ जिल्लामा पहिरो जान सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖