• Monday 5th of October 2026

७ भाइ र १ बहिनीसहित सिङ्गो परिवार नै निजामती सेवामा


  • धनकुटा खबर
  • .

निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् ।जस्तो एकै जिल्लाका कर्मचारी एकै पटक देशका ९ जिल्लाका सिडीओ बनेर रेकर्ड कायम गरेका छन् । यस्तै एकै जिल्लाको एउटै विद्यालयमा पढेका ६ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाएर केही अघि रेकर्ड बनाए । एउटै स्कुलमा पढेका, श्रीमान्–श्रीमती मात्रै होइन, परिवारै निजामती सेवामा रहेका उदाहरण पनि छन् । कुनै परिवारमा सबै दाजुभाइ, कुनैमा सबै दिदीबहिनी लोकसेवामा नाम निकालेर उदाहरणीय बनेका छन् । त्यस्तै उदारण हो बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव (सह–सचिव) गोविन्द रिजालका । उनका ७ भाइ र १ बहिनी निजामती सेवामा कार्यरत छन् । उनका बुवा कृष्णप्रसाद उपाध्याय त्यो जमानामा टेस्ट पास गरी ग्रामीण स्वास्थ्य कार्यकर्ताका रूपमा कार्यरत थिए । उनका ७ छोरा, २ छोरी छन् ।

कर्णाली प्रदेशको दुर्गम जिल्ला दैलेखको सामान्य परिवारमा जन्मिएर यसरी परिवार नै निजामती सेवाको माथिल्लो ओहोदादेखि महत्वपूर्ण पदिय जिम्मेवारी पुग्ने कुरा चानेचुने कुरा थिएन् । वि.सं. २०५८–५९ सालमा गोविन्द रिजाल एमए अर्थशास्त्रको दोस्रो वर्ष नपढेर नै लोक सेवा आयोगको परीक्षा दिई लेखापालमा नाम निकालेर उनको हुम्ला पोष्टिङ भयो । गृह प्रशासनका अनुभवी प्रशासकका परिचित गोविन्द रिजालले जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट, मकवानपुर हुँदै काठमाण्डौंको कमाण्ड गरिसकेका छन् ।

गोविन्द रिजालका माइला भाइ ओम रिजाल लेखा समूहको उप–सचिव हुन् । उनी ०६३ सालमा निजामती सेवावा प्रवेश गरेका हुन् । जिल्ला स्वस्थ्य कार्यालय खोटाङ, जिल्ला स्वस्थ्य कार्यालय दैलेख, तथ्याङ्क विभाग, मुगु २०६६ सालमा अधिकृतमा बढुवा भएपछि कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख, निर्वाचन आयोग, राजश्व प्रशासन तालिम केन्द, कोष तथा लेखा नियन्त्रक कार्यालय बर्दिया, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हुँदा २०७७ सालमा उपसचिवमा बढुवा भएका उनी हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा कार्यरत छन् । साइला भाइ भागवत रिजाल सुर्खेत जिल्ला शिक्षा कार्यालयमा प्राविधिक सहायकका रूपमा कार्यरत छन् ।

उनका काइला भाइ पुराण रिजाल प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा सुर्खेतमा नायव सुब्बा, पाचौं नम्वरका भाइ भानु रिजाल सुर्खेत जिल्ला अदालतमा लेखापाल, छैटौं नम्वरका भाइ शंकर रिजाल प्रदेश आयुर्वेदिक अस्पताल सुर्खेतको प्रमुख र सातौं अर्थात् कान्छो भाइ बासुदेव रिजाल खाद्य संस्थान डोल्पामा खरिदारका रूपमा कार्यरत छन् । उनकी २ जना बहिनीमा जेठो बहिनी संगिता रिजाल पनि निजामती कर्मचारीतर्फ वीरेन्द्रनगर नगरपालिकामा नर्सका रूपमा कार्यरत छन् भने कान्छो बहिनी पुष्पा रिजाल पनि लोक सेवाको तयारीमा जुटिरहेकी छन् ।-इकर्मचारी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖