• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने विषयमा गौतम गम्भीरले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले भारतीय टोलीको प्रशिक्षक बन्न पाउँदा खुसी लागेको बताएका छन् । गौतम गम्भीरले अबुधाबीमा एक कार्यक्रममा सहभागी हुँदै यस्तो बताएका हुन् ।

भारतीय टोलीको कोच बन्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै गौतम गम्भीरले भने, “हालको समयमा मलाई धेरैले यो प्रश्न सोधेका छन्। टीम इन्डियाको प्रशिक्षक बन्न पाउनु मेरो लागि ठूलो खुसीको कुरा हुनेछ। भारतीय टोलीको कोच बन्नु भन्दा ठूलो गर्व अरु हुन सक्दैन।”

“जब तपाइँ भारतको प्रतिनिधित्व गर्नुहुन्छ, तपाइँ विश्वभर १४० करोड भारतीयहरूको नेतृत्व गर्दै हुनुहुन्छ। यो भन्दा ठूलो के हुन सक्छ।”

गौतम गम्भीरले भने, “म भारतलाई विश्वकप जिताउन मद्दत गर्न सक्दिन। १४० करोड भारतीयहरूले भारतलाई विश्वकप जिताउन मद्दत गर्नेछन्। सबैभन्दा महत्त्वपूर्ण कुरा डर बिना खेल्नु हो।”

यसै महिना हुन लागेको टी–२० विश्वकपपछि वर्तमान प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिँदैछ । गौतम गम्भीरलाई अर्को प्रशिक्षकका लागि दावेदार मानिएको छ ।

गौतम गम्भीर मेन्टर बनेपछि केकेआर यस वर्षको आईपीएल उपाधि जित्न सफल भएको छ । हालै बीसीसीआईका पूर्व अध्यक्ष सौरभ गांगुलीले कोच पदका लागि गम्भीरको उम्मेदवारीलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖